Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

प्रकाश सपूतलाई पहिलो फिल्ममै सफलता, कति कलेक्सन गर्याे ‘परदेशी २’ले ?

नेपाली साङ्गीतिक क्षेत्रका हिट गायक हुन् प्रकाश सपूत । उनले हरेक गीतबाट स्रोता दर्शकको अद्‌भूत माया पाउँदै आएका छन् । ‘बोलमाया’देखि ‘सकम्बरी’सम्म आउँदा प्रकाशले अधिकांश गीतबाट लोभलाग्दो स्रोता एवं दर्शक पाएका छन् । 

देश विदेशका स्टेज कार्यक्रममा उनको डिमाण्ड लोभलाग्दो छ । साङ्गीतिक क्षेत्रबाटै उनले काठमाडौंमा घर जोडिसकेका छन् । महंगो गाडी किनिसकेका छन् । गीतमा सफल प्रकाशलाई फिल्ममा पनि सफलता मिलेको छ । प्रकाशको अभिनय रहेको पहिलो फिल्म ‘परदेशी २’ले राम्रो व्यापार गरेको छ । नारायण रायमाझी निर्देशित फिल्मले ७ करोड रूपैयाँमाथिको कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ । पहिलो फिल्ममै सफलता पाउने सौभाग्य बिरलै कलाकारले पाउने गरेका छन्, जसमा प्रकाश लक्की देखिएका छन् । 

प्रकाश आफै पनि फिल्म बनाउने तयारीमा छन् । पहिलो फिल्म प्रदर्शनमा नआउँदै उनले आफ्नै लेखन, निर्माण र निर्देशनमा फिल्म बनाउने तयारी थालेका थिए । बुझिएअनुसार छिट्टै फिल्मको टाइटल घोषणा गर्ने तयारी छ ।