Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

माधव नेपाल चीन प्रस्थान

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको टोली चीन प्रस्थान गरेको छ । १५ जनाको टोलीसहित अध्यक्ष नेपाल मंगलबार अपरान्ह त्यसतर्फ प्रस्थान गरेका हुन् । 

चीन प्रस्थान गर्नुअघि अध्यक्ष नेपालले चिनियाँ कम्युनिस्ट पार्टीको विदेश बिभागको निमन्त्रणामा आफु नेतृत्वको टोली चीन जान लागेको जानकारी दिए।चीन भ्रमणका क्रममा बिभिन्न पार्टीहरुसंग छलफल गर्ने, खुनमिङ हुँदै बेइजिङ नजिकैको शहर पुग्ने कार्यक्रम रहेको उनले बताउ । त्यस्तै अध्यक्ष नेपालले भूकम्पले पिडित भएका जनताका लागि सरकार क्रियाशिल हुनुपर्ने जिकिर गरे ।

जनताको चाहनाका आधारमा भूकम्पपिडितका लागि सवै दलहरु एक भएर काम गर्नुपर्ने उनले बताए । चीन भ्रमणसम्पन्न गरेर अध्यक्ष नेपालको टोली आगामी २८ गते फर्कने कार्यक्रम छ ।