Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

अन्तर्राष्ट्रिय लगानीलाई सधैँ स्वागत हुन्छ: अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा व्यावसाायिक वातावरण बन्दै गएको बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘सीएसीसीआई कन्फ्रेन्स’मा उनले यस्तो बताएका हुन् ।

उनले नेपालमा व्यावसायिक अवसर धेरै भएको भन्दै विदेशी लगानीकर्ताले प्रतिफल प्राप्त गर्न सक्ने उल्लेख गरे । नेपालको जलविद्युत्मा अथाह सम्भावना रहेको पनि उनले बताए ।नेपालको बिजुली किन्न भारत तयार रहेको भन्दै उनले १० वर्षमा ठूलो मात्रामा विद्युत् आयोजना निर्माण गर्नुपर्नेमा जोड दिए । पर्यटन क्षेत्रमा पनि सम्भावना रहेको भन्दै उनले लगानी बढाउन आग्रह गरे ।

“नेपालको आईटी सेक्टरमा ठूलो सम्भावना छ । विदेशी लगानीकर्ता पनि नेपालमा लगानी बढाउन इच्छुक छन्,” उनले भने, “नेपालमा लगानी गर्नेलाई सरकारलले स्वागत गर्छ । वातावरण बनाउँछ ।”