Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

टी २० विश्वकप एसियाली छनोट: सुपर ओभरमा धकेलिएको फाइनलमा नेपाल पराजित

सुपर ओभरमा धकेलिएको आईसीसी टी २० विश्वकप क्रिकेटको एसियाली छनोटको फाइनल खेलमा नेपाल ओमानसँग पराजित भएको छ । काठमाडौँको कीर्तिपुरमा सम्पन्न फाइनलमा नेपाल ओमनसँग सुपर ओभरमा ११ रनले पराजित भएको हो ।

सुपर ओभरमा ओमानले नेपाललाई २२ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको नेपालले १० रनमात्र बनाउन सक्यो । सुपर ओभरको पहिलो बलमै नेपालका कुशल भुर्तेल आउट भएका थिए । त्यसअघि सुपर ओभरमा पहिले ब्याटिङ गरेको ओमानले २१ रन बनाएपछि नेपालले २२ रनको लक्ष्य पाएको थियो । नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा १८४ रन बनाएपछि खेल सुपर ओभरतर्फ धकेलिएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो ।