Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

एनआईसी एशिया बैंकद्वारा जाजरकोट भूकम्प पीडितलाई ५१ लाख सहयोगको घोषणा

एनआईसी एशिया बैंकले जाजरकोट भूकम्पबाट प्रभावितहरुका लागि सहयोग गर्ने घोषणा गरेको छ।

बैंकले उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा रु। ५१ लाख नगद सहयोग रकम प्रदान गर्ने घोषणा गरेको हो ।

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको छ । बैंकले घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेमा शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।