Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

स्थानीय बजारमा सुनको मूल्य स्थिर भएर कारोबार भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।

गत शुक्रबार पनि छापावाल सुन प्रतितोला एक लाख १५ हजार ९०० रुपैयाँमा नै कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भएको छ ।

चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँ कारोबार भएको थियो ।