Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

भूकम्प प्रभावित क्षेत्रमा वर्षाको सम्भावना छ कि छैन?

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लामा वर्षाको सम्भावना नरहेको जनाएको छ । आजदेखि दुई–तीन दिनसम्म बादल लागे पनि पानी पर्ने सम्भावना नभएको मौसमविद गोविन्द झाले जानकारी दिएका छन् ।

‘हामीले तीन दिनसम्मको मौसम पूर्वानुमान गर्छौं, अहिलेको अवस्था हेर्दा भूकम्प प्रभावित जिल्लामा दुई–तीन दिनसम्म पानी पर्ने सम्भावना देखिएको छैन,’ उनले भने ।

राति बादल कम हुने र दिउँसोतिर बढ्ने भन्दै उनले रुकुम पश्चिम र जाजरकोटमा पानी पर्ने र हिमपात हुने सम्भावना नरहेको बताएका छन् । मौसमविद झाका अनुसार उच्च पहाडी र हिमाली भेगमा भने फाट्टफुट्ट हिमपातको सम्भावना छ । ‘तर डिस्टर्ब नै हुने गरी हिमपात हुँदैन,’ उनले भने ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा छ ।