Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

भूकम्पबाट भएको धनजनको क्षतीप्रति पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा दुख व्यक्त

पूर्वराजा ज्ञानेन्द्र शाहले जाजरकोट–रुकुमपश्चिमका भूकम्पबाट भएको धनजनको क्षतीप्रति दुख व्यक्त गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले भूकम्पबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली साथै घाइतेप्रति शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन् ।

पछिल्लो समय पश्चिम नेपालमा भूकम्पको प्रकोप चलिरहेको अवस्थामा पूर्व तयारी र सतर्कताको सुव्यवस्था हुनुपर्नेमा जोड दिएका छन् । दुखद घडीमा उद्दार, राहत, स्वास्थ्य उपचार तथा पुनर्निमाणका काममा लोककल्याणकारी भाव राख्नुपर्नेमा राज्यबाट त्यसो हुन नसकेको जनगुनासो आइरहेको बताएका छन् । 


साथै राज्यले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।