Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

नेपाली जनताको दुःखको बेला भारत साथमा छ, आवश्यक सहयोग गर्छौं: नरेन्द्र मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जाजरकोटमा गएको भूकम्पले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

शनिबार बिहान ट्वीट गर्दै उनले भारत नेपाली जनताको दुःखको बेला साथमा रहने भन्दै आवश्यक सहयोग गर्ने बताएका छन्।

मोदीले भूकम्पमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेका छन्। 

जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५४ पुगेको छ। अहिलेसम्म प्राप्त तथ्यांकअनुसार जाजरकोटमा ९२ र रुमुकपश्चिममा ६२ जनाको मृत्यु भएको हो।

भुकम्पमा परी गम्भिर घाइते भएका रुकुमपश्चिमका तीन जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो। भूकम्पमा परी रुकुमपश्चिको आठबीसकोट नगरपालिकामा मात्र ५२ जनाको मृत्यु भएको नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीले जानकारी दिइन्। उपप्रमुख धनकुमारीका अनुसार उद्धार र क्षतिको विवरण संकलन जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने जनाएकी छन् ।

हाल भुकम्पबाट भएको क्षेतीबारे स्थलगत अनुगमन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भुकम्पको केन्द्रविन्दु जाजरकोट पुगेका छन् । उनले रुकुमलाई केन्द्रित गरेर हवाइ उडान गर्न निर्देशन समेत गरेका छन् ।