Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

ग्यास्ट्रिकबाट तुरुन्त राहत पाउन यी उपाय अपनाउनुहोस्

अचेल हामी केही काममा लाग्यौँ भने काम नसकी उठ्नै खोज्दैनौँ, त्यसैले त हामी काम नसक्दासम्म केही पनि खादैनौँ ।  लामो समयसम्म भोकै रहँदा, धेरै चिल्लोपिरो खानेकुरा खाँदा वा अनिदो, शरीरमा पानी कम हुँदा लगायत विविध कारणले ग्यास्ट्रिकको समस्या देखा पर्छ ।

ग्यास्ट्रिकबाट तुरुन्त छुट्कारा पाउन केही घरेलु उपाय पनि अपनाउन सकिन्छ । जसमध्ये १० वटा उपाय यहाँ दिइएको छ ।

१. जीराः चिसो पानीमा एक चम्चा भुटेको जीराको पाउडर घोलेर पिउनुहोस् । यसबाट अपचको समस्या हुनेछैन र ग्यास्ट्रिक निको हुनेछ ।

२. मरिचः एक चम्चा महमा आधा चम्चा मरिचको धुलो मिलाएर खानुहोस् । यसको आधा घण्टापछि मात्र पानी पिउनुहोस् । यसले पनि ग्यास्ट्रिक निको हुन्छ ।

३. पुदिनाः एक गिलास पानीमा आधा चम्चा पुदिनाको रस हालेर पिउनुहोस् । अर्कोतर्फ पुदिनाको चिया पनि पिउन सक्नुहुन्छ । यसले ग्यास्ट्रिकको समस्या हट्नेछ ।

४. बेसारः आधा चम्चा बेसारको पाउडर खाएर पानी पिउनुहोस् । त्यसपछि केरा वा दही खानुहोस् । बेसारको एन्टी इन्फ्लेमेटरी र एन्टी फंगल गुणले पेटको समस्या हट्छ ।

५. मेवाः ग्यास्ट्रिक भएकाले कालो नुन हालेर मेवा खानुहोस् । मेवामा रहेको पेपिन र बीटा क्यारोटिनले पेटको समस्याबाट राहत दिन्छ ।

६. ज्वानो र कागतीः एक गिलास पानीमा एक चम्चा ज्वानो हालेर उमाल्नुहोस् । यसलाई छान्नुहोस् र फेरि कागतीको रस, थोरै पुदिनाको रस, २ चम्चा मिश्री, थोरै कालो नुन र थोरै भुटेको जीरा हालेर पिउनुहोस् । यसले ग्यास्ट्रिक निको हुन्छ ।

७. सोंफ र कालो नुनः एक चम्चा सोंफ र कालो नुन खानुहोस् र सँगै एक गिलास मनतातो पानी पिउनुहोस् । ग्यास्ट्रिकको समस्याबाट राहत मिल्नेछ ।

८. मेथीकाको दानाः एक गिलास पानीमा एक चम्चा मेथीको दाना हालेर उमाल्नुहोस् । पानी आधा भएपछि छानेर पिउनुहोस् । ग्यास्ट्रिकबाट तुरुन्त छुट्कारा पाइन्छ ।

९.  अदुवाःएक कप तातो पानीमा आधा चम्चा अदुवाको पाउडर र थोरै हिंग र कालो नुन मिलाएर पिउनुहोस् ।

१०. एप्पल साइड भेनेगरः एक गिलास मनतातो पानीमा एक कप एप्पल साइड भेटेगर मिलाएर पिउँदा पनि ग्यास्ट्रिक कम हुन्छ ।

यी उपाय विभिन्न अध्ययन तथा डाक्टरको भनाईमा आधारित रहेर बनाइएको हो । यदी तपाईंलाई कुनै पनि खालको फुड एलर्जी वा अन्य समस्या छ भने डाक्टरको सल्लाह लिनु झनै उपयोगी हुनेछ ।

सामान्य पेटको समस्यामा यस्ता घरेलु उपायले निको बनाउन पनि सकिन्छ ।