Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

नेपाललाई ट्वान्टी–२० विश्वकप पुग्न यूएईद्वारा १३५ रनको लक्ष्य

आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)ले नेपालसामू १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शुक्रबार मुलपानीस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३४ रनको योगफल खडा गरेको हो ।  यूएईका भ्रित्या अरविन्दले ६४ रन बनाए । उनले ५१ बलमा आठ चौका र दुई छक्का प्रहार गरे । कप्तान मुहम्मद वसिमले १६ बलमा तीन चौका र दुई छक्कासहित २६ रन बनाए । आलिसान सराफूले १६ र आसिफ खानले १३ रन थपे । 

नेपालका कुशल मल्लले तीन विकेट लिए । तीन ओभर बलिङ गरेका मल्लले ११ रन खर्चिए । सन्दीप लामिछानेले दुई विकेट लिँदा सोमपाल कामी र कप्तान रोहितकुमार पौडेल समान एक÷एक विकेट लिए ।

आजको खेलमा जित निकाल्ने टिम प्रतियोगिताको फाइनलसँगै आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा छनोट हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनल आएका हुन् ।