Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

बढ्यो सुनको मूल्य, चाँदीको कतिमा हुँदैछ कारोबार?

स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा २०० रुपैयाँले बढेको छ । 

छापावाल सुन तोलामा एक लाख १५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।  त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको मूल्य भने १५ रुपैयाँले घटेको छ । चाँदी तोलामा एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।