Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

आईसीसी ट्वान्टी–२० विश्वकप: यूएईविरुद्ध फिल्डिङमा नेपाल

आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स ९यूएई०विरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ । मूलपानी क्रिकेट मैदानमा टस जितेर यूएईले ब्याटिङ रोजेको हो ।

यूएई समूह ‘बी’को विजेता र नेपाल समूह ‘ए’को उपविजेताका रूपमा सेमिफाइनलमा भिड्न लागेका हुन् । विश्वकपमा छनोट हुन दुवै टोलीलाई आजको खेल जित्नैपर्ने दबाब छ । नेपालले पहिलो र अन्तिमपटक सन् २०१४ मा ट्वान्टी–२० विश्वकप खेलेको थियो । त्यसयता विश्वकपका तीन संस्करण भए पनि नेपालले छनोट चरण पार गर्न सकेको थिएन ।

गत संस्करणका निम्ति भएको छनोटमा यूएई नै बाधक बनेपछि नेपालको सम्भावना समाप्त भएको थियो ।