Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

‘परदेशी २’ हिट भएपछि दुई वटा दसैँ एकै पटक आए जस्तो भयो: केकी अधिकारी

अभिनेत्री केकी अधिकारी पछिल्लो समय चर्चामा छिन् । फिल्म ‘परदेशी २’ले राम्रो व्यवसाय गरेको कारण उनको चर्चा चुलिएको हो । धेरैले उनलाई सफल फिल्म दिएको भन्दै बधाई समेत दिइरहेका छन् ।

keki2.webp

गतवर्ष ‘झिँगे दाउ’ हिट दिएकी केकीको त्यसपछि जति फिल्म आए ती सबै असफल भएका थिए । त्यसको कारण पनि उनको करियर सङ्कटमा रहेको अनुमान गरिएको थियो । ‘परदेशी २’ उनको संकटमा रहेको करियरलाई समेत राहत दियो ।  २०६८ मा ‘स्वर’बाट फिल्म अभिनयमा डेब्यू गरेकी केकीले २०७६ को ‘छ माया छपक्कै’बाट मात्र सफलताको स्वाद लिएकी थिइन् ।

keki1.jpg

त्यसपछि ‘झिँगे दाउ’ र अहिले ‘परदेशी २’ले त्यो खुसी दियो । दसैँको छेको पारेर असोज २६ गतेबाट प्रदर्शनमा आएको फिल्मले सार्वजनिक प्रदर्शनमा राम्रो व्यवसाय गरेको छ । दसैँको अवसरमा रिलिज भएको फिल्म हुनु र दसैँ पनि आउनु उनले आफ्ना लागि यो पटक दुई वटा दसैँ आएको मान्छिन् ।   बुधवार फिल्मको विशेष शोमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्ना लागि यो पटक दुई वटा दसैँ एकै पटक आएको बताएकी हुन् । 

keki.jpg

‘फिल्ममा जोडिएपछि हामीलाई एकदमै गर्वको कुरा हुन्छ कि जब दर्शकको माया र निर्माताको मुहारमा खुसी देखिन्छ । त्यसबेला एउटा कलाकारले राहत महसुस गर्छ । हाम्रो लागि अहिले एकदमै खुसीको क्षण छ । मलाई त दुई वटा दसैँ एकै पटक आए जस्तो भयो । एउटा दसैँ छँदै थियो, ‘परदेशी २’को सफलताले अर्को थप्यो’ केकीले भनिन् । नयाँ बानेश्वरस्थित ‘आइएनआइ सिनेमा’मा आयोजित विशेष शोजमा मन्त्रीदेखि कलाकारसम्मको उपस्थिति थियो । नारायण रायमाझी निर्देशित फिल्ममा केकीको अलावा प्रकाश सपुत र बर्षा सिवाकोटीको पनि अभिनय छ ।