Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

संघीयता खारेज गर्लान् जस्तो देखियो : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा सांसद उपेन्द्र यादवले अहिलेको नेतृत्वले संघीयता खारेज गर्छन् कि भन्ने डर बढेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले संविधानको महिमा गाउनेहरूले संघीयता फ्याँक्ने डर बढेको बताएका हुन् ।

“देशको ठूलो हिस्साले अनरसिप नलिएको संविधानलाई समयानुकूल संशोधन, परिमार्जन नगरी कसरी अघि बढ्ला र महिमा कति दिन टिक्ला?,” उनले भने, “अघि एक मान्य (सांसद)ले प्रदेश खारेजी भन्दै हुनुहुन्थ्यो, यता बस्ने साथी (सांसद)हरूले संघीयता खारेज गर्लान् जस्तो देखियो ।” संविधान बनाउँदै त्रुटिपूर्ण रहेको भन्दै उनले सच्याउनुपर्नेमा जोड दिए । उनले प्रदेशहरूलाई अधिकार र कानुन मात्र हैन, जनशक्ति नदिइए कसरी संघीय गणतन्त्र टिक्छ भन्ने प्रश्न उठाइएको बताए ।

समिति गठनमा ढिलाइ भएकाले संसद्को काम–कारबाही गतिशील नदेखिएको उनको भनाइ छ । “समिति गठन गर्न आठनौ महिना लाग्यो, अनि कसरी गतिशील हुनेरु,” यादवले प्रश्न गरे ।