Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

प्रि-ओपन सेसनमा घट्यो नेप्से

चालु साताको अन्तिम कारोबार दिन आज प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो ।

सेसन अवधिमा नेप्से ०.२९ अंक घटेर १८५८.२६ को विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ।

सेसनमा ६ स्टकको १७५ कित्ता शेयर किनबेच भयो । जसमध्ये २ स्टकको मूल्य बढ्यो भने ४ वटा स्टकको मूल्य घट्यो। शेयर किनबेचबाट ५० हजार ९९६ रुपैयाँ बराबरको कारोबार भएको छ ।