Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

नेप्सेमा हरियाली: सूचक २२ अंकले उकालो, ५ अर्बभन्दा बढीको कारोबार

नेप्सेमा आज वृद्धि भएको छ । आज मंगलबार नेप्से २२.२१ अंकले बढेर २७७७.५८ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४६ कम्पनिका एक करोड १३ लाख ८५ हजार १०० कित्ता शेयर ५ अर्ब २६  करोड ५२ लाख ७५ हजार २९९ मा कारोबार भएको थियो । आज उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी कालिन्चोक हाइड्रोको शेयर १४.९८ प्रतिशतले बढेको छ भने सेन्ट्रल फाइनान्सको शेयर १३.६७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी नबिल डिभेन्चरको शेयर ४.५९ प्रतिशतले घटेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ४६ करोड ७६ लाख बराबर कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्सको २६ करोड ७८ लाख बराबरको कारोबार भएको छ ।