Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

गृहमन्त्री श्रेष्ठ र महासचिव गुटेरेसबीच भेटवार्ता, के-के भयो कुराकानी?

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेटवार्ता गरेका छन् ।

नेपाल भ्रमणमा रहेका गुटेरेसलाई गृहमन्त्री श्रेष्ठले आज दिउँसो गृह मन्त्रालयमा स्वागत गरेका हुन् । भेटमा जलवायु परिवर्तन, एसडीजी, राष्ट्रसंघीय शान्ति स्थापनामा नेपालको भूमिकालगायतका नेपाल–संयुक्त राष्ट्रसङ्घीय साझेदारीका विविध विषयमा छलफल भएको जनाइएको छ ।