नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नयाँ बानेश्वरस्थित संसद् भवनमा पुगेका छन् । लुम्बिनीबाट काठमाडौं फकेपछि उनी संसद् भवन पुगेका हुन् ।
आज उनले संसद्को दुवै सदनलाई एकसाथ सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
उनी चार दिने नेपाल भ्रमणको सिलसिलामा आइतबार काठमाडौं आइपुगेका हुन् ।