Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

१४ अंकले घट्यो नेप्से

नेप्से मंगलबार १४.२९ अंकले घटेर बन्द भएको छ । सोमबार नेप्से ३.०४ अंकले बढेको थियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज परिसूचक ०.७६ प्रतिशतले घटेर १८६४.४० विन्दुमा बन्द भएको हो । 

यस दिन ५७ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार ६९ करोड ४२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो । सर्वाधिक सेयर मूल्य घट्नेमा सोनापुर मिनरल्स एन्ड आयाल लिमिटेड छ । यो कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले घटेर प्रतिकित्ता २५५ रूरुपैयाँ २० पैसा कायम भएको छ ।
सर्वाधिक सेयर मूल्यवृद्धि महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । यो कम्पनीको सेयर मूल्य ६.०५ प्रतिशतले बढेर प्रतिकित्ता ७७१ रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ । यस दिन २८६ धितोपत्रका २२ लाख ५८ हजार १८७ कित्ता खरिद–बिक्री भएको छ ।