Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

बुद्धका सन्देश, पञ्चशील सिद्धान्त र संयुक्त राष्ट्रसंघको मिसन मिल्दोजुल्दो छ: गुटेरेस (तस्बिरहरु)

बुद्ध जन्मस्थलबाट गुटेरेसको सन्देशः संसारभर द्वन्द्व रोक्न हातेमालो गरौं

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संसारभरको द्वन्द्व अन्त्यका लागि बुद्ध जन्मस्थल लुम्बिनीबाट आह्वान गरेका छन् । आज मंगलबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘द्वन्द्वग्रस्त मुलुकहरु शान्तिको बाटो अवलम्बन गर ।’

Guteresh-lumbin-6-scaled.webp

‘शान्ति र मानवता अपरिहर्य विषय हो मानवीयता मर्न दिनु हुन्न, बुद्धका सन्देश, पञ्चशील सिद्दान्त र संयुक्त राष्ट्रसंघको मिसन मिल्दोजुल्दो छ । यो शान्तिको मुहानबाट सबैले सिकौं, लुम्बिनी घुमौं’ गुटेरेसले भनेका छन् । बुद्ध जन्मस्थल लुम्बिनी आउन पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै उनले जलवायु परिवर्तनले पारेको असरप्रति चिन्ता व्यक्त गरेका छन् । इजरायल, प्यालेस्टाइन, सुडानलगायतका देशमा भएको द्वन्द्व अन्त्य गर्न उनले आव्हान गरे ।

New Project.png

महासचिवको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचार–प्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । मंगलबार बिहान विशेष विमानबाट गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी आएका गुटेरेसले शान्तिदीपमा दीप प्रज्ज्वलन गरेका थिए । त्यस्तै गुटेरेसले शान्ति दीपबाट मायादेवी मन्दिरमा पुगेर दर्शन गरे भने शान्ति दीपबाट मायादेवी मन्दिरसम्म पैदल गएका थिए । उनले परिसरमा वृक्षरोपणसमेत गरेका छन् । महासचिव गुटेरेस लुम्बिनी विकास कोषले विशेष स्वागत समारोहमा आयोजना गर्‍यो ।

लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यका अनुसार महासचिवलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षु भिक्षुणीसहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारूलगायत विभिन्न जातीय समूहले शान्तिदीपबाट मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गरेका थिए ।

raibar.png

यसैगरी महासचिव गुटेरेसले आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेका छन् । बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो पटक भ्रमणमा आएका महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री सुशीला श्रीपाली, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्यारक्याला लामा लगायतले स्वागत गरे । उनी आजै काडमाडौं फर्केका छन् ।

RB-Bhairahawa-IMG_4496-scaled.webp