Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

लुम्बिनीबाट महासचिव गुटेरेसको आह्वान: संसारभरका द्वन्द्व रोक्न हातेमालो गरौं

नेपालको चार दिने औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण तथा अवलोकन गरेका छन् ।

महासचिव गुटेरेसले गौतमबुद्धको जन्मभूमि लुम्बिनीको मायादेवी मन्दिरबाट विश्वलाई नै शान्तिको सन्देश दिन पाएकोमा आफूलाई खुसी लागेको भन्दै संसारभरका युद्धरत मुलुकलाई शान्तिको बाटोमा लाग्न आग्रह समेत गरे । आज (मंगलबार) बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने ‘संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि लुम्बिनीबाट आव्हान गर्छु ।’

New Project.png

उनले संसारभरि नै शान्ति स्थापनाका लागि लुम्बिनी अत्यन्त महत्वपूर्ण भएको बताए । गुटेरेसलाई स्वागत गर्न लुम्बिनी पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी बुद्धको जन्मस्थल, बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मात्रै नभएर शान्ति र सद्भावको केन्द्र समेत रहेको बताए ।

प्रचण्डले राष्ट्रसंघका महासचिवको लुम्बिनी भ्रमणले विश्वभर शान्ति र सद्भावको सन्देश प्रवाह भएको भन्दै ऐतिहासिक स्थलको भ्रमणका लागि गुटेरेसलाई धन्यवाद दिए । उनले संयुक्त राष्ट्रसंघ लामो समयदेखि लुम्बिनीको विकाससँग जोडिएको बताए ।