Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

घट्यो सुनको मूल्य , पढ्नुहोस् तोलाको कति?

 नेपाली बजारमा आज सुनको मूल्य ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार रुपैयाँमा र तेजाबी सुन एक लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार पनि सुनको मूल्य ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यता, आज चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।