Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता, के-के भयो कुराकानी?

परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनबीच भेटवार्ता भएको छ । अमेरिकाको संघीय राजधानी वासिङ्टन डिसीमा भएको सो भेटमा दुवैले नेपाल–अमेरिकाबीचको जारी साझेदारीका बारेमा विस्तृत छलफल गरेका छन् ।

भेटका क्रममा अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट परियोजनाका विषयमा पनि छलफल भएको बताइएको छ । नेपालको पूर्वाधार निर्माण, विजुलीमा पहुँच र विस्तार तथा सीमापार विद्युत व्यापारलाई समर्थन गर्दै सहयोग गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनीले प्रतिबद्धता जनाएका छन् । 

यस्तै ब्लिन्केनले इजरायलमा हमासको आक्रमणमा मारिएका नेपाली विद्यार्थीका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।