Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

घट्यो सुनको मूल्य, पढ्नुहोस् तोलाको कति?

स्थानीय बजारमा सुनको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर कारोबार भएको हो ।

यस दिन छापावाल सुन तोलाको एक लाख १६ हजाार ५०० रुपैयाँमा कारोबार भएको छ । आइतबार छापावाल सुन तोलाको एक लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।तेजाबी सुन तोलाको एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भएको छ । आइतबार तेजाबी सुन तोलाको एक लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी तोलाको एक हजार ४१० रुपैयाँमा करोबार भइरहेको छ । आइतबार चाँदी तोलाको एक हजार ४१५ रुपैयाँमा करोबार भएको थियो ।