Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस आज सोलुखुम्बु र पोखरा जाँदै

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस सोमबार सोलुखुम्बु र पोखरा जाँदैछन्। जलवायु परिवर्तनको असरबारे बुझ्न उनी सोलुखुम्बुको स्याङ्बोचे जान लागेका हुन्।

यसपछि काठमाडौं फर्किने उनले ललितपुर पुल्चोकस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा बैठक गर्ने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यसपछि पोखरा जाने र राति उतै बस्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। गुटेरेसले मंगलबार बिहान अन्नपूर्ण सर्किट अवलोकनपछि पोखरा फर्केर पुरानो विमानस्थलमा पत्रकार सम्मेलन गर्नेछन्।

मंगलबार नै गौतम बुद्धको जन्मस्थल लुम्बिनीतर्फ जानेछन्। लुम्बिनीबाट काठमाडौं फर्केर भोलि दिउँसो ४ बजे संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि संसद् परिसरमै उहाँले पत्रकार सम्मेलन गर्नेछन् । 

महासचिव गुटेरेस चारदिने भ्रमण पूरा गरी पर्सि बुधवार फर्कने कार्यक्रम छ । उनले हिजो राष्ट्रपति, प्रधानमन्त्री, सभामुखसहित विभिन्न दलका शीर्ष नेतासँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।