Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?

आइतबार नेपाली बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ ।साताको पहिलो दिन बजारमा सुनको मुल्य प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कायम भएको छ । यसअघि भने गत शुक्रबार मात्रै हालसम्मकै उच्च १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुनको मुल्य प्रतितोला १ लाख १६ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज चाँदी तोलामा १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शनिबार मात्रै सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको हो । शनिबार बजारमा सुनको मूल्य तोला १ हजार रुपैयाँले वृद्धि भइ १ लाख १७ हजार रुपैयाँ कायम भएको हो । यसअघि भने शनिबार सुनको कारोबार बन्द हुने गरेको थियो ।