Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेता तथा व्यापारिका घरमा अरबौँ रकम अवैध सम्पति छ: अर्जुन नरसिंह केसी (भिडियो अन्तरवार्ता)

सरकारले हजार र पाँचसयको नोट खारेज गरेर नयाँ सुरु गर्ने आँट गर्न सक्छ?

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले, एक हजार र पाँच सयका नोटमाथि प्रतिबन्ध लगाउन आवश्यक रहेको बताएका छन् ।

पूर्वमन्त्री समेत रहेका सांसद केसीले, नेता तथा व्यापारिका घरमा अरबौँ रकम अवैध सम्पति रहेको दाबी गरे । ‘अहिले राष्ट्रका सम्पतिहरु, अरबौं अरब रुपैयाँ कालाबजारीदेखि राजनीतिक नेतृत्वसंग पनि डम्प भएर बस्या छ त्यो हजार र पाँचसयको नोट खारेज गरेर नयाँ सुरु गर्ने आँट गर्न सक्छ सरकारले ? त्यहीँबाटै नयाँ विश्वास सुरु हुन्छ मान्छेमा होइन भने यही काला बजारिया भ्रष्टाचारका पैसाले राजनीतिलाई खेल मठेल गर्दागर्दै विकृती पैदा हुने थिति चै अन्त्य हुदैँन । त्यसको परिणाम चै हामीले ठुलो नोक्सानी बेहोर्नु पर्ने हुन्छ ।’

arjunnarsingh KC2.jpg

उनले आम नागरिकलाई विश्वासमा लिन ठोस काम गर्न ढिला गर्न नहुने बताए। अर्को प्रशंगमा उनले अहिलेको राजनीतिप्रति आम नागरिकको चरम वितृष्णा बढेको भन्दै अब उनीहरुलाई विश्वासमा लिन कुरा होइन् काम गर्नु पर्ने बताए । संसद हो र होइन् भन्ने थलो मात्रै बनेको उनको टिप्पणी छ । 

अन्तरवार्ताको भिडियो -