Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट रनआउटमा यूएईले गुमायो पाँचौँ विकेट

घरेलु मैदानमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट रनआउट विकेट लिएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १६३ रनको लक्ष्य पछ्याइरहेको यूएईका भ्रित्या अरविन्दलाई १६औँ ओभरको चौथो बलमा उत्कृष्ट रनआउट गरेका थिए । अरविन्दले २६ रन जोडे । जारी खेलको १६ ओभर समाप्त हुँदा यूएईले पाँच विकेट गुमाएर १३३ रन बनाएको छ ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६२ रनको योगफल खडा गरेको थियो ।