Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नेपालमा सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला एक लाख १६ हजार रुपैयाँमा कारोबार

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा पाँच सय रुपैयाँले बढेको छ । 

आज छापावाल सुन तोलामा एक लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि कात्तिक ३ गते तोलामा एक लाख १५ हजार ५०० रुपैयाँमा कारोबार हुँदै नयाँ रेकर्ड बनाएको थियो । उक्त रेकर्ड ब्रेक गर्दै आज नयाँ रेकर्ड कायम भएको छ । 

आज तेजाबी सुन तोलामा एक लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।