Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

यूएईविरुद्ध ब्याटिङमा नेपालको दबाब

 घरेलु मैदानमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध ब्याटिङमा नेपालले दबाब बनाएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले १० ओभरको समाप्तिमा तीन विकेट गुमाएर ९५ रन बनाएको छ । नेपालबाट हाल क्रिजमा रहेका दीपेन्द्रसिंह ऐरी १६ र कप्तान रोहितकुमार पौडेल १० रनमा खेलिरहेका छन् । 

त्यसअघि नेपालले आसिफ सेखलाई सात, कुशल भुर्तेललाई ५० र कुशल मल्ललाई एक रनमा गुमाएको थियो ।