Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

इजरायलले गर्‍यो सिरियामा आक्रमण, आठ सैनिकको मृत्यु

 इजरायली सेनाले सिरियाको दक्षिणी प्रान्त दारामा आक्रमण गरेको छ । आक्रमणमा आठ सिरियाली सैनिकको मृत्यु भएको छ । सात सिरियाली सैनिक घाइते छन् ।

सिरियाको सरकारी समाचार एजेन्सी सानाले स्थानीय समयानुसार बुधबार राति १ बजेर ४५ मिनेटमा इजरायलबाट आक्रमण गरिएको जनाएको छ । इजरायलको सेनाले सिरियाली सैन्य इलाकामा आक्रमण गरिएको पुष्टि गरेको छ ।

 सिरियाबाट सीमापार रकेट प्रहार गरिएपछि जवाफी कारबाही गरिएको इजरायली सेनाको भनाइ छ ।