Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

एसिसि यू-१९ प्रिमियर कपको उपाधिका लागि युएईलाई नेपालले दियो २ सय ८१ रनको लक्ष्य

 एसिसि यू–१९ प्रिमियर कपको उपाधिका लागि युएईलाई नेपालले २ सय ८१ रनको लक्ष्य दिएको छ ।

मलेसियमा जारी खेलमा टस जितेर ब्याटिङ थालेको नेपालले उक्त लक्ष्य दिएको हो । कप्तान देव खनालको कीर्तिमानी शतकको मद्दतमा नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रनको योगफल तयार पारेको थियो। खनालले ९० बलमा शतक रन पुरा गरेका थिए ।

नेपालले खराब सुरूआत गरेको थियो। नेपालले १४ रन जोड्दा २ विकेट गुमाइसकेको थियो । कप्तान खनाल र अर्जुन कुमालले १२५ रनको साझेदारी गरेका थिए। कुमाल २६औं ओभरको पाँचौं बलमा आउट भए। उनले ५५ रनको योगदान दिएका थिए ।

उत्तम थापामगरले पनि अर्धशतक पुरा गरे । पाँचौं विकेटका दिपक डुम्रेका लागि ५८ रनको साझेदारी गरेका उत्तम ५३ रनमा आउट भए । युएईका हरित शेट्टीले ५ विकेट लिएका थिए ।