त्रिकोणात्मक टी–२० आई क्रिकेट सिरिजअन्तर्गत यूएईविरुद्धको खेलमा नेपाल ५ विकेटले विजयी भएको छ।
यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ६२ रन बनाए। यस्तै, रोहित पौडेलले ४७ रन बनाए।
चौथो नम्बरमा क्रिजमा आएका दीपेन्द्र सिंह ऐरीले नटआउट ४० रन बनाए। मात्र १५ बल सामाना गरेका दीपेन्द्रले १ छक्का र ६ चौका प्रहार गरे।