Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

यूएईद्वारा नेपाललाई १६५ रनको लक्ष्य

 त्रिदेशीय शृङ्खलामा घरेलु टिम नेपालले युनाइटेड अरब इमिरेट्स ९यूएई०बाट १६५ रनको लक्ष्य पाएको छ ।
सोमबार मुलपानीस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६४ रनको लक्ष्य प्रस्तुत गर्यो । 

यूएईबाट आक्रामक रुपमा प्रस्तुत भएका बसिल हमेदले ४५ रन बनाए । उनले १९ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे । भ्रित्या अरबिन्दले ४५ रन थपे । आसिफ खानले १८ र खालिद साहले १२ रन जोडे ।  नेपालबाट सोमपाल कामी र अभिनास बोहराले समान दुई विकेट लिए । गुल्सन झा र करण केसीले एकएक विकेट लिए । शृङ्खलामा नेपाल लिग चरणको अन्तिम खेल अगावै फाइनल प्रवेश गरिसकेको छ । नेपालले यसअघि यूएईलाई सात विकेटले, दोस्रो खेलमा हङकङलाई ६ विकेटले र तेस्रो खेलमा नेपालले पुनः हङकङलाई ७९ रनले हराएको थियो ।

ट्वान्टी–२०विश्वकप छनोटको तयारी स्वरुप आयोजित शृङ्खलामा नेपाल, यूएई र हङकङ प्रतिस्पर्धा गरिरहेका छन् ।