Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

त्रिकोणात्मक क्रिकेट सिरिज: आज नेपाल र यूएईबीच खेल हुँदै

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक क्रिकेट सिरिज अन्तर्गत नेपालले आज सोमबार यूएईसँग खेल्दैछ ।

मुलपानी क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजे सुरु हुनेछ । लिग चरणको अन्तिम खेलमा नेपालले यूएईसँग खेल्न लागेको हो । नेपाल एक खेल अगावै प्रतियोगिताको फाइनल प्रवेश गरिसकेको छ ।

नेपाललाई हराउँदै यूएईलाई समेत फाइनल पुग्ने अवसर प्राप्त छ । नेपाल भने फाइनल अघि यूएईविरुद्ध खेल्दै आफुलाई तयार राख्न चाहन्छ । तालिकामा नेपालले ३ खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा छ । यूएईले २ खेलबाट २ अंक जोडेको छ ।

हङकङ ३ खेलबाट अंक विहीन हुँदै तालिकाको पुछारमा छ ।