Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

त्रिकोणात्मक श्रृंखला: नेपालद्वारा हङकङ ७९ रनले पराजित

काठमाडौंमा जारी त्रिकोणात्मक श्रृंखलामा नेपालले हङकङलाई ७९ रनले पराजित गरेको छ । नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याउने क्रममा हङकङले निर्धारित ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्रै बनाउन सक्यो ।

हङकङका अन्सी रथले ४५ रन, अइजाज खानले २५ रन र बाबर हयातले २० रन जोडे । नेपालका सोमपाल कामी, ललित राजवंशी र करण केसीले दुई विकेट लिए । प्रतिश जिसी र दीपेन्द्र ऐरीले एक विकेट लिए । त्यसअघि, मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले हङकङलाई २१४ रनको लक्ष्य दिएको थियो । कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको विस्फोटक ब्याटिङसँगै लयमा फर्किएको नेपालले हङकङलाई २१४ रनको लक्ष्य दिएको हो । नेपालको पारी सम्हालेका कुशल मल्ल र ऐरीले १४५ रनको साझेदारी गरे ।

मल्लले ९२ रन र ऐरीले ५७ रन बनाएका थिए । यस्तै, आसिफ सेखले २० रन र कप्तान रोहित पौडेलले ११ रन बनाए ।