त्रिकोणात्मक श्रृंखलामा नेपालले हङकङलाई २१४ रनको लक्ष्य दिएको छ । कुशल मल्ल र दीपेन्द्र सिंहको विस्फोटक ब्याटिङसँगै लयमा फर्किएको नेपालले हङकङलाई २१४ रनको लक्ष्य दिएको हो ।
मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालका लागि कुशल भुर्तेल र सोमपाल कामीले दोहोरो रन जोड्न सकेनन् ।
तर, नेपालको पारी सम्हालेका कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले १४५ रनको साझेदारी गरे । मल्लले ९२ रन र ऐरीले ५७ रन बनाए ।