Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

दशैँ मान्न घर फर्किनेको संख्या बढ्दो: २४ घण्टामा एक लाखले छोडे काठमाडौं

काठमाडौं । दशैँ मान्न पुख्र्यौली थलो फर्किनेको संख्या दिनानु दिन बढ्न थालेको छ ।

काठमाडौंबाट बाहिर जाने नाकाहरुमा सवारी साधनको चाँप बढेको छ । दशैं मान्न कर्मथलो छोडेर पुख्र्यौली घर फर्किनेको संख्या घटस्थापनादेखि निरन्तर बढ्दो क्रममा छ । 

ट्राफिक प्रहरी प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार घटस्थापनादेखि आज बिहान ६ बजेसम्म ४ लाख ६५ हजार ९ सय ७७ यात्रुले उपत्यका छाडेका छन् । सो अवधिमा ७१ हजार ६ सय ६२ वटा सवारी साधन काठमाडौंबाट बाहिरिएका छन् ।

बितेको २४ घण्टामा मात्र झण्डै एक लाख मानिसले काठमाडौं छोडेका छन् । यो सख्या निरन्तर बढ्दो क्रममा छ ।

एसएसपी भट्टले भने ‘अस्ति भन्दा वितेको २४ घण्टामा काठमाडौं छोड्नेको संख्या झण्डै दोब्बर बढेको छ । यो संख्या आज र भोलि झनै बढ्छ ।’