Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

एमालेका अध्यक्ष केपी ओली दशैँ मनाउन झापा जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दशैँ मनाउन गृह जिल्ला झापा जाने भएका छन् ।

kp oli house.jpg

शुक्रबार समाजीक सञ्जाल मार्फत उनले आफू सबैसँग भेटघाट र भलाकुसारी गर्न झापा जान लागेको जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘दशैँ आयो । सबै आआफ्नो घरगाउँ जाँदै हुनुहुन्छ । आज म पनि आफ्नो घरगाउँ झापा जाँदै छु । सबैसँग भेटघाट र भलाकुसारी हुने छ ।’