मुगु। रारा तालको काखमा रहेको छाँयानाथ रारा नगरपालिका भित्र सार्वजनिक कार्यक्रममा खादा र प्लाष्टिकबाट बनाईएका फूलमालाका सामग्री प्रयोगमा रोक लगाईएको छ ।
छायाँनाथ रारा नगरपालिकाले पालिका भित्र हुने सार्वजनिक कार्यक्रमका दशै, तिहार छठ लगायतका पर्वमा बाहिर जिल्लाबाट आयात गरेर ल्याइने खादा, प्लाष्टिकका फूलमालाका सामग्री प्रयोगमा रोक लगाएको नगर प्रमुख बिष्णु कुमार भामले बताएका छन्।
“स्थानीयरुपमा कृषकले उत्पादन गरेका फूलको प्रयोगमा जोड दिँदै बाहिरबाट आयात हुने खादा र प्लाष्टिकका मालामा रोक्न नगरपालिकाले रोक लगाउर्ने यस्तो निर्णय गरेको हो”, नगरप्रमुख भामले भने, “अबदेखि पालिकाभित्र हरेक सार्वजनिक कार्यक्रममा खादाको सट्टामा स्थानी यस्तरमा उत्पादन हुने फूल र फूलबाट बनेका वस्तुलाई प्रयोगमा ल्याइने छ ।”
अनावश्यक रुपमा खादा र प्लाष्टिकका माला प्रयोग बढ्दै जाँदा बातावरणमा नकारात्मक असर हुने यता स्थानीय स्तरमा उत्पादित फूलले बजार नपाएर खेर जाने गरेको उनको भनाइ छ । खादा र प्लाष्टिकजन्य माला सामग्री भित्र्याउँदा पालिकाबाट एकातर्फ रकम बाहिरिने र अर्कोतर्फ किसानको उत्पादन, श्रम र पसिना खेर जाने अवस्था पनि आउने गरेकाले स्थानीय उत्पादनलाई प्राथमिकता दिने पालिकाको नीति तथा योजनाअनुसार यस्तो निर्णय गरिएको नगरपालिकका उपमेहेर ऐश्वय मल्लले बताएकी छन् ।
“छाँयानाथ रारा नगरपालिका धार्मिक तथा सास्कृतिक। प्राकृतिक रुपमा एक भरिपूर्ण नगरपालिका हो । पालिका भित्र रहेका बन जङ्गलमा समय मौसम अनुसार सप्तरङ्गी लालीगुराँस लगायतका अन्य विभिन्न प्रकारका फूल प्रसस्त रुपमा पाइन्छन” “तिनै उत्पादित फूलको अब आउदा दिनमा भरपुर उपयोग गर्ने गरी योजना बनाएर काम गर्नुपर्छ, त्यसका लागि गाउँपालिकाले चालेको पहिलो र महत्वपूर्ण निर्णय पनि हो ।”
अनावश्यक रुपमा खादा र प्लाष्टिकका माला प्रयोग बढ्दै जाँदा बातावरणमा नकारात्मक असर हुने यता स्थानीय स्तरमा उत्पादित फूलले बजार नपाएर खेर जाने गरेको छ । खादा र प्लाष्टिकजन्य माला सामग्री भित्र्याउँदा पालिकाबाट एकातर्फ रकम बाहिरिने र अर्कोतर्फ किसानको उत्पादन, श्रम र पसिना खेर जाने अवस्था पनि आउने गरेकाले स्थानीय उत्पादनलाई प्राथमिकता दिने पालिकाको नीति तथा योजनाअनुसार यस्तो निर्णय गरिएको नगरपालिकका उपमेहेर ऐश्वय मल्लले बताएकी छन् ।
छायाँनाथ रारा नगरपालिकाले चालु आवको नीति तथा कार्यक्रमै पालिकाभित्रका सार्वजनिक कार्यक्रममा खादा र प्लाष्टिक जन्य सामग्री प्रयोगलाई हटाउने नीतिगत निर्णय गरेको थियो । सोही बमोजिम कार्यपालिकाको बैठक बसेर पालिका भित्र खादा र प्लाष्टिकजन्य फुलमाला जुनसुकै कार्यक्रममा पूर्णरुपमा रोक लगाउने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
पालिकाको निर्णयले पालिकामा पर्यावरण सुरिक्षित राख्न तथा नगरपालिकालाई स्वच्छ, सफा र हराभरा राख्नमा पनि सहयोग पुग्ने नगरपालिकाले विश्वास लिने प्रमुख प्रशासकिय अधिकृत पशुपति शाहीले बताएका छन।