Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

प्रधानमन्त्री प्रचण्डकाे परिवारले दसैँ नमनाउने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारले योपटक बडादसैँ नमाउने भएको छ । प्रधानमन्त्रीपत्नी सीता दाहालको शोकका कारण परिवारले नै दसैँ नमाउने उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् ।

गत वर्षको दसैँमा पनि प्रधानमन्त्री प्रचण्डले आफूले टीका लगाएका थिएनन् । परिवारलाई भने उनले टीका लगाइदिएका थिए ।  दसैँमा नेता–कार्यकर्तासँग प्रधानमन्त्रीको भेटघाटको कार्यक्रम भने रहेको उनले जानकारी दिए । 

गएको असार २७ गते प्रधानमन्त्रीपत्नी दाहालको निधन भएको थियो ।