Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

मधेसी जनताको अधिकार प्राप्तिको सङ्घर्ष जारी रहेको छ: राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले मधेसी जनताका अधिकार प्राप्तिको सङ्घर्ष जारी रहेको बताएका छन् ।

लोसपा नेपाल जिल्ला कमिटी सप्तरीद्वारा राजविराजमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले गजेन्द्र बाबुले पहिचान र अधिकारको लागि देखेको सपना साकार हुन बाँकी रहेको बताए ।

उनले मधेस विद्रोहबाट प्राप्त अधिकारको संरक्षण गर्नुपर्नेमा जोड दिए ।