Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

जसपाले मुख्यमन्त्री कार्कीलाई विश्वास मत दिने

कोसी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)ले पनि मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ । 

संसदीय दलका नेता निर्मला लिम्बूले प्रदेशसभाको बैठकमा बोल्दै कार्कीलाई विश्वास मत दिने बताइन् ।  बुधबार बसेको बैठकमा कार्कीले विश्वासको मत लिन प्रस्ताव गरेका छन् । बैठक जारी छ । 

ूदलीय हैसियत नदिइ कोसी नामाकरण भएको थियो । समर्थन गरेनौँ । पहिले पनि सरकारलाई समर्थन गरियो यो पटक पनि गर्छौँ,ू लिम्बूले भनिन् । यसअघि जसपाले विश्वासको मत नदिने बताएको थियो ।