Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सेयर बजारमा दोहोरो अंकको वृद्धि

चालु साताको दोस्रो कारोबारको  दिन मंगलबार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ ।  साताको पहिलो दिन आइतबार सार्वजनिक बिदा परेको थियो भने सोमबार २३.१६ अंकले घटेको सेयर बजार मंगलबार १३.१८ अंकले बढेको हो ।

मंगलबार ०.७१ प्रतिशतले बढेको बजार १८६४.६२ विन्दुमा पुगेर रोकिएको छ ।   मंगलबार ३८ लाख १३ हजार २३३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८४ लाख ३७ हजार ८६० रुपैयाँको कारोबार भएको छ ।  

आज व्यापार, निर्जीवन बिमा, होटल तथा पर्यटन उपसूचकको मूल्य घट्दा अन्य सबै उपसूचकको मूल्य बढेको छ ।