Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

त्रिभुवन विमानस्थलबाट २४ घण्टामा ११४ विमानले गरे उडान अवतरण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले नयाँ रेकर्ड बनाएको छ ।  विमानस्थलका अनुसार आवागमनमा नयाँ रेकर्ड बनाएको हो । 

यस विमानस्थलबाट पछिल्लो २४ घण्टामा ११४ वटा विमानले उडान अवतरण गरेका छन् । यो हालसम्मकै उच्च आवागमन हो ।

साथै सोही समयमा १६ हजार ५०९ जना यात्रुले सेवा लिएका छन् ।