Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुनको मूल्य तोलामा ४०० ले घट्यो

स्थानीय बजारमा मंगलबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर कारोबार भएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ११ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन सोमबार प्रतितोला एक लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।