Jun 03 2026

Jun 03 2026 | बुधवार, जेठ २० गते २०८३

‘विपिनको खोजीका लागि हमाससँग सम्बन्ध भएका मुलुकमार्फत पहल भइरहेको छ’

परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा सम्पर्कबिहीन विपिन जोशीको खोजीका लागि महाससँग सम्बन्ध भएका देशहरूसँग पहल भइरहेको बताएका छन् । सोमबार काठमाडौंमा सुदूरपश्चिम पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा उनले जोशीको खोजी कार्य तीव्र रुपमा भइरहेको बताएका हुन् ।

उनले भने, ‘हराइरहेका दिपक जोशीको खोजीका लागि इजरायल सरकारसँग मात्र नभएर हमाससँग सम्बन्ध रहेका भनिएका खाडीका मुलुकहरूसँग पनि छलफल भइरहेको छ ।’ हमासको सम्बन्धन खाडीको कतारसँग राम्रो भएको बताइन्छ । कतारसँग नेपालको सम्बन्ध पनि राम्रो छ । कतारसँग पहल गरेको मन्त्री संकेत गरे पनि कुन देशसँग हो भन्ने विषयमा भने खुलाएनन् ।

सात अक्टुबरमा इजरायलमा हमासले आक्रमण गर्दा १० जना नेपालीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । एक जना हराइरहेका छन् । हराइरहेका जोशीलाई हमासका लडाकुले आफूसँगै लिएको नेपाल फर्किका नेपाली विद्यार्थीहरूले बताएका छन् ।