Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

भ्रष्टाचारविरुद्धको केही फाइल छिट्टै खुल्दै छन्: प्रधानमन्त्री  प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको केही फाइल खोलिने बताएका छन् । सोमबार धनगढीमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा उनले कुन फाइल भन्ने खुलाउन नमिल्ने बताए ।

“सुन तस्करीको तपाईंहरुले देख्नुभएको छ । यति मात्रै होइन कमरेडहरु, मैले अहिले भन्न मिल्दैन, अरु पनि केही फाइल छिट्टै खुल्दै छन्,” उनले भने । प्रधानमन्त्रीले भुटानी शरणार्थीको प्रक्रिया अघि बढ्दै गरेको बताए । त्यस्तै, ललितानिवास प्रकरणमा नयाँ शिराबाट अध्ययन गरेर निर्दोष नपरुन् भनेर अघि बढिएको र दोषीलाई कारबाहीको दायरमा ल्याउने बताए ।

“जो साथीहरुको बारेमा भ्रम थियो, त्यो भ्रम साफ भएको छ । जो दोषी छन्, ती पर्दै छन्,” उनले भने । उनले सुशासनको पक्षमा अघि बढ्ने प्रतिबद्धताका साथ बनेको सरकारले त्यसैअनुसार काम गर्ने बताए । उनले उपलब्धिलाई उल्ट्याउने दुस्साहस विभिन्न रुपमा प्रकट भइरहेको बताए ।