Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

 नेपाली बजारमा सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ७०० रुपैयाँले घटेको हो । 

छापावाल सुन तोलामा एक लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन एक लाख १३ हजार रुपैयाँमा कारोबार भएको थियो ।  त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।